छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कैद सजाय

  आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको ठहर गर्दै सप्तरी जिल्ला अदालतले आज एक शिक्षकलाई कैद सजाय र जरिवाना तोकेको छ । जिल्ला न्यायाधीश प्रमेश पोखरेलको इजलासले सुरुङ्गा नगरपालिका–२ स्थित जनता आधारभूत विद्यालय भेडिया, हर्दियामा अध्यापनरत शिक्षक बोदे बसाईन नगरपालिका–१० का ४० वर्षीय पशुपतिकु...

दोदामा डुबेर बालकको मृत्यु

  कञ्चनपुरको दोदा नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार दोदा नदीमा डुबेर बेलौरीका नगरपालिका–५ का सुनिल चौधरीको १४ वर्षीय नीरज चौधरीको मृत्यु भएको हो । प्रहरीका अनुसार नदीमा साथीहरूसित खेल्ने क्रममा चौधरीको मृत्यु भएको हो । बालकको शव श्रीपुर प्राथिमक स्वास्थ्य केन्...

तत्काल नयाँ अर्थमन्त्री प्रस्ताव गरिँदैन : नेता पुन

  नेकपा(माओवादी केन्द्र)ले तत्कालै अरु कुनै पनि नेतालाई अर्थमन्त्रीमा प्रस्ताव नगर्ने संकेत गरेको छ । बजेट निर्माणको अघिल्लो दिन अर्थात् जेठ १४ गते मध्यरात अनाधिकृत व्यक्तिको प्रवेश गरेको भनिएको विषयमा छानबिनका लागि प्रतिनिधिसभाले आज मात्रै विशेष संसदीय समिति गठन गरेको छ । सो समिति गठन लगत्तै प्रतिनिधिसभाको ब...

राजीनामा घोषणा गर्दै अर्थमन्त्रीले भन्नुभयो – ममाथि पूर्वाग्रह राखियो

अर्थमन्त्री जनार्दन शर्माले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले आफूले पदबाट राजीनामा दिएको बताउनुभयो । विगतमा छानबिन समिति गठन भए पनि राजीनामा दिने नगरिएको भन्दै उहाँले आफूले भने त्यसो नगर्ने जानकारी संसद्लाई गराउनुभयो । उहाँले छानबिन समितिको काम कारवाहीलाई सहज बनाउनका लागि ...

सर्वोच्चका दुई महत्वपूर्ण फैसला ः वर्षौंदेखिको प्रसारण लाइन निर्माणको अवरोध हट्यो

काठमाडौँ, २२ असार (रासस) ः सर्वोच्च अदालतले पछिल्लो १० दिनमा एउटै विषयमा एउटा महत्वपूर्ण फैसला गरेको छ । विशेषगरी प्रसारण लाइन निर्माणसँग जोडिएका ती फैसलाले लामो समयसम्म निर्माणमा देखिएको अवरोध खुलेको मात्रै छैन, आगामी दिनका लागिसमेत थप सहज बनाइदिएको छ । विकास निर्माणको काममा अवरोध गर्ने प्रवृत्ति पछिल्ला दिनमा म...

‘बालश्रममुक्त घर’ अभियान

विराटनगर महानगरपालिकाले आजदेखि महानगरमा ‘बालश्रममुक्त घर’ अभियान सञ्चालन गरेको छ । यो अभियानबाट व्यक्तिको पारिवारिक अवस्था, जात, धर्म, पेशा, व्यवसाय, साक्षरता र बालश्रम छन् कि छैनन् भन्ने अभिलेख पनि राखिने बताइएको छ । विराटनगर महानगरपालिका–१ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेको घरबाट सुरु भएको यो अभियान पहिलो चरणमा...

आलेखः खेर गएको प्लास्टिकबाटै उत्पादन हुन्छ इन्धन

काठमाडौँ, २२ असार (रासस) ः हरेक दिन एकजना व्यक्तिले ३१७ किलोग्राम फोहोर उत्पादन गर्छ । एसियाली विकास बैंकको सहयोगमा फोहोर मैला व्यवस्थापन तथा प्रशोधन केन्द्रले तयार पारेको विवरण हो । यो विवरण सन् २०१३ को हो । पछिल्ला दिनमा आइपुग्दा यसमा केही परिवर्तन भएको छ । एक जनाले दैनिक आधा किलो अर्थात् ५०० ग्राम बराबरको फोह...

+२ का विद्यार्थीहरुका लागि प्रमुख गन्तव्य बन्दै विट्स एकेडेमी विद्यालय

काठमाडौँ, बौद्ध-६ स्थित विट्स एकेडेमी सेकेण्डरी स्कुल , +२ का विद्यार्थीहरुका लागि प्रमुख गन्तब्य लामो सामय देखि बन्दै आएको छ । २०५६ सालमा स्थापित यो विद्यालय ८ रोपनीमा फैलिएको छ। विद्यालयका प्रधानाध्यापक ज्ञान बहादुर श्रेष्ठ हुन् भने , स्नातक संकायका अध्यक्ष मिलन श्रेष्ठ  र कार्यकारी निर्देशक भने श्याम श्रेष्ठ हुन...

तीन फरार प्रतिवादी पक्राउ

प्रहरीले तीन फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत धुलिखेलबाट कैद तथा जरिवाना फैसला गरिएका उनीहरूलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी टोलीले तीनै जनालाई अदालतको फैसलाअनुसार कैद सजाय भुक्तान गराउन कारागार पठाएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताउनुभयो ...

दुई वर्षीया बालिकाको डुबेर मृत्यु

सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मङ्गलबार साँझ दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छिन् । प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन् । उनको नमूना अस्पताल हरिवनमा उपचारका...