+२ का विद्यार्थीहरुका लागि प्रमुख गन्तव्य बन्दै विट्स एकेडेमी विद्यालय

काठमाडौँ, बौद्ध-६ स्थित विट्स एकेडेमी सेकेण्डरी स्कुल , +२ का विद्यार्थीहरुका लागि प्रमुख गन्तब्य लामो सामय देखि बन्दै आएको छ । २०५६ सालमा स्थापित यो विद्यालय ८ रोपनीमा फैलिएको छ। विद्यालयका प्रधानाध्यापक ज्ञान बहादुर श्रेष्ठ हुन् भने , स्नातक संकायका अध्यक्ष मिलन श्रेष्ठ  र कार्यकारी निर्देशक भने श्याम श्रेष्ठ हुन्।

बिगत लामो समय देखिनै विद्यार्थीको रोजाई हुन सफल भएको यो विद्यालयको प्रमुख एजेन्डा ”गुणस्तरीय र व्यावहारिक शिक्षा ” रहिआएको छ। प्लस टु मा विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायमा पढाई हुने यो कलेजमा भर्ना भएका विद्यार्थीले कोर्सको माग अनुसारकै प्रयोगात्मक ज्ञान पनि दिने गरिएको छ।

 

विशेष तालिम प्राप्त शिक्षक द्वारा सम्पूर्ण क्लासहरु संचालन हुने भएकाले स्कुलका विद्यार्थीहरुले सैद्धान्तिक ज्ञान मात्र प्राप्त नगरी व्यावहारिक ज्ञान पनि प्राप्त गर्ने गरेका छन्। विद्यालयको प्रमुख उद्देश्यनै प्रयोगात्मक शिक्षामा जोड दिई विद्यार्थीले भविष्यमा समाउन खोजेको बाटोलाई प्रस्ट बनाउनेमा रहेको हुदा यँहाका विद्यार्थीले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तर मानै प्रतिस्पर्धा गर्न सफल भएका छन्।

अहिलेको समयमा विद्यार्थीले आफ्नो भविष्यको उद्देश्य अनुसार नै बिषय छनोट गर्नु पर्छ भन्ने मान्यता यस विद्यालयका प्रधानाध्यापक श्रेष्ठको रहेको छ। त्यसैले यँहा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीहरुका लागि हायात जस्ता होटल देखि बिभिन बैंकहरुमा समेत इन्टर्नशिप को व्यवस्था मिलाएको देखिन्छ।

यसका साथै श्रेष्ठ को मान्यता अनुसार विद्यालयको पाठ्यक्रम, अध्ययनमा मात्र केन्द्रित नभएर विद्यार्थी भित्र भएको कला, सृजनशीलता, प्रतिभा पनि निखार्नु पर्छ भन्ने भएकोले विद्यार्थीहरुलाई बढी भन्दा बढी प्लेटफर्मको सृजना गरि मौका प्रदान गर्ने गरेको देखिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार