भारतीय नागरिक हत्या आरोपमा तीन पक्राउ

भारतीय नागरिकको हत्या गरेको आरोपमा प्रहरीले एक महिलासहित तीनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–७ निवासी ३२ वर्षीय जानुका सुवेदी थापा, ४९ वर्षीय बृखबहादुर थापा र सुनसरी बराह क्षेत्र नगरपालिका–१० निवासी २५ वर्षीय सुरेश परियार रहेका छन् । उनीहरूले गत असार १२ गते साँझ भारतीय नागरिक जापाडिया नरेशकुम...

मकवानपुरमा दुर्घटनामा परी मृत्यु

मकवानपुरको बागमती गाउँपालिका–७ स्थित धरान चतरा सडकखण्डमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीया किशोरी सलिना राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार दिउँसो बागमती–९ स्थित बेतिनीबाट सिन्ध...

१७ डिआइजीलाई दज्र्यानी चिह्न

नेपाल सरकार (मन्त्रीस्तर) को यही १७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा पदोन्नति भएका १७ प्रहरी अधिकृतलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा आज आयोजित एक समारोहबीच उहाँहरूलाई दज्र्यानी चिह्न प्रदान गर...

६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल आए

सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो । सन् २०१९ ६१ हजार ३५१ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । योसँगै अङ्ग्रेजी वर्षको छ महिना अवधिमा कूल दुई लाख ३७ हजार ८१३ पर्यटकल...

चीनमा तैरिरहेको क्रेन डुब्दा २७ जना बेपत्ता

चीनको ग्वाङ्डोङ प्रान्तमा शनिबार बिहान पानीमा तैरिरहेको क्रेन डुब्दा कम्तीमा २७ जना बेपत्ता भएका छन्। सिन्ह्वाका अनुसार सो तैरिरहेको क्रेन याङजियाङ शहर नजिकैको पानीमा चाबा नामक आँधीबाट जोगिने क्रममा यसको मुरिङ चेन भत्केपछि लंगर तानिएको र खतरामा रहेको अनुगमन प्रणालीले जनाएको छ । प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द...

विश्वभर पुष्टि भएका कोभिड-१९ सङ्क्रमणको देशगत पछिल्लो विवरण

जोन्स हप्किन्स विश्वविद्यालयको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले जुलाई ३ मा कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित देशहरूको नवीनतम अद्यावधिकहरू निम्नानुसार उल्लेख गरेको छ । विश्वभर ५४८,८२५,९५५ जना सङ्क्रमित भएका छन् । देश सङ्क्रमितको सङ्ख्या अमेरिका ८७,८३८,६२३ भारत ४३,५०२,४२९ ब्राजिल ३२,४७१,८४७ फ्रान्स ३...

शिक्षाका छ विधेयक ल्याउने तयारी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सङ्घीय शिक्षा ऐनसहित विभिन्न छ वटा शिक्षासम्बन्धी विधेयकको मस्यौदा तयार गरेको छ ।लामो समयदेखि प्रतिक्षारत सङ्घीय शिक्षा ऐनको मस्यौदा संशोधन भई राय परामर्शका लागि अर्थ मन्त्रालयमा पुगेको छ । उक्त मस्यौदा ऐनका साथै उच्च शिक्षासम्बन्धी छाता विधेयक, प्राविधिक शिक्षा विधेयक, एकीकृत ...

हुम्लामा पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना प्रहरीको नियन्त्रणमा

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहनुभएका जर्मनीका नागरिक ३८ वर्षीय मेटियर्स इक्मालाई उनीहरुले लुटपाट गर्न खोजेका थिए । नाम्खा गाउँपालिका–५ नारा लेकबाट हिल्सातर्फ जाँदै गरेका इक्मालाई सडकमा काम गर...

पुतलीसडकको पैदलमार्गमा थुपारियो फोहर

काठमाडौँ महानगरपालिकाले राजधानीको पुतलीसडक क्षेत्रको फोहर व्यवस्थापन गर्न सम्झौता गरेको कम्पनीले नै पैदलमार्ग (फूटपाथ) मा थुपार्ने गरेको छ । काठमाडौँ महानगरपालिकाबाट पुतलीसडक क्षेत्रको फोहर उठाउने सम्झौता गरेको ‘स्वच्छ वातावरण स्वस्थ मानवजीवन’ नामक कम्पनीले नै पैदलमार्गमा फोहर थुपारेको हो । गाडाबाट पैदलमार्ग फोहर ...

प्रज्ञा भवनमा सुरु भयो माओवादीको केन्द्रीय समिति बैठक

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक राजधानीमा सुरु भएको छ । गत पुसमा आठौँ महाधिवेशन गरेको माओवादीले अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन गर्न सकेको छैन । कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समितिको बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो । बैठकको कार्यसूच...