मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आज संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत प्रा श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोको गैह्रआवासीय र तीर्थराज वाग्लेलाई ...

कोसी कटानको रोकथाममा जुट्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका–८ डुम्रेकोट, लाहुरे खोँचमा कोसी नदीले कटान सुरु गरेपछि धनजनको क्षति नहुनेगरी रोकथाममा जुट्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, सिँचाइ सचिव सागर राई, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महान...

आगामी वर्षका लागि आर्थिक विधेयक पारित

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आर्थिक विधेयक पारित गरेको छ । आज कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको नगरसभाको ११औँ अधिवेशनले आगामी आर्थिक वर्षका लागि विधेयक पारित गरेको हो । विधेयकमा सम्पत्ति कर, भूमिकर, बहाल कर, व्यवसाय कर, जडीबुटी, कबाडी र जीवजन्तु कर, सवारीसाधनजस्ता श...

ठक्करबाट युवकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा गए राति गाडीको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा हरिवन नगरपालिका–११ कडरिया चोकका २४ वर्षीय जयबहादुर विक रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो । उहाँका अनुसार ती युवकलाई नम्बर नखुलेको गाडीले गए राति ठक्क...

घट्यो सुनचाँदीको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएका पहेँलो धातु आज प्रतितोला रु ३०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन ...

नेपाली चलचित्र र कलाका बारेमा अध्यक्ष दाहाल र महानायक हमालबीच छलफल

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली चलचित्र जगत्का महानायक राजेश हमालबीच भेटवार्ता भएको छ ।अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा नेपालको कला तथा चलचित्र क्षेत्रको विषयमा कुराकानी भएको थियो । भेटमा सहभागी सङ्गीतकार चेतन सापकोटाकाका अनुसार उहाँहरूबीच नेपालको चलचित...

आयोगले रौतहटको राजपुर नगरपालिकाको कार्यालय प्रमुखलाई रु १० हजार जरिवाना गरेको हो ।

राष्ट्रिय सूचना आयोगले सूचना नदिने एक नगरपालिकाका कार्यालय प्रमुखलाई जरिवाना गरेको छ । आयोगले रौतहटको राजपुर नगरपालिकाको कार्यालय प्रमुख बैंजु ठाकुरलाई रु १० हजार जरिवाना गरेको हो । राजपुर नगरपालिका–१ का एकामुल हकले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो । हकले राजपुर नगरपालिकासँग कोरोना महामारीक...

वन्यजन्तु पीडित म्याग्दीका कृषकलाई राहत

वन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति बेहोरेका म्याग्दीका कृषकले रु चार लाख ६० हजार राहत पाएका छन् । डिभिजन वन कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा सो रकम बराबरको राहत वितरण गरेको जनाएको छ । निमित्त डिभिजनल वन अधिकृत मनोज रानाभाटले चितुवाको आक्रमणबाट मरेका ५० पशुका धनीलाई राहत उपलब्ध गराइएको जानकारी दिनुभयो । “प्रदेश स...

एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या

जिल्लामा रहेका एचआइभी सङ्क्रमितममा यौनरोगको समस्या देखिएको छ । नौ दशमलव २५ प्रतिशत एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या देखिएको छ । भरतपुर अस्पतालमा रहेको एन्टिरेक्ट्रो भाइरल थेरापी सेन्टरका अनुसार विगत ६ महिनामा १०८ सङ्क्रमितको परीक्षणका क्रममा उनीहरुमा यौनरोगको समस्या देखिएको हो । सेन्टरका कार्यक्रम संयोजक कृष्णहर...

डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा जिप दुर्घटना हुदा चालकको मृत्यु

डोल्पाको ठूलीभेरी नगरपालिका–९ डाँगीबाडामा आज जिप दुर्घटना चालकको मृत्यु भएको छ । सुपानीबाट दुनैतर्फ जाँदै गरेको भे१च १६११ नम्बरको जिप दुर्घटना हुँदा ३५ वर्षीय चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिनुभयो । चालक डाँगी डाँडीबागाका बासिन्दा हुन् । RSS...