तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक ः मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानले संरक्षित र सुरक्षित गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सामाजिक एवं राजनीतिकरूपमा संस्थागत हुँदै गइरहेको बताउनुभएको छ । उहाँले हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु गणतन्त्रको प्रमुख विशेषता रहेकोसमेत बताउनुभएको छ । गणतन्त्र दिवसका अवसर...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ४१ दशमलव ७४ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अङ्कले ओरालो लागेर तीन सय ६९ दशमलव ४२ मा सीम...

विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी छ  : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयलाई आविष्कार र अनुसन्धान केन्द्रका रुपमा विकास गर्न जरुरी रहेको बताउनुभएको छ । नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले अनुसन्धानमा आधारित मौलिक उच्चशिक्षाको आवश्यकता रहेको बताउनुभयो । प्रधानमन्...

शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कानुन बमोजिम कारबाहीको माग गर्दै सिंहदरबारको दक्षिण मूल ढोकाअघि प्रदर्शन गरिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर, तीन तहको सरकार : सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित गर, लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरुप आचरण गर भन्ने आह्वानसहित मानव अ...

इजाजत बिना सवारी साधान चलाउनेमाथि यातायात व्यवस्था कार्यालयको  निगरानी

भेरी करिडोर तथा अन्य सडकमा इजाजत बिना यातायात सेवा सञ्चालन गरेको पाइएपछि यातायात व्यवस्था सेवा कार्यालयले निगरानी बढाएको छ । रुकुमपश्चिम, जाजरकोट, सल्यान र डोल्पालाई केन्द्रमा राखी चौरजहारीमा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि तीव्ररुपमा सेवा दिन थालिएको हो । भेरी करिडोरको जाजरकोट–डोल्पा खण्ड, जाजरक...

शीर्ष नेताहरु छलफलमा

प्रमुख तीन ठूला पार्टीका शीर्ष नेताहरु सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफलमा जुट्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान भएको छलफलमा सदनलाई सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । छलफलमा प्रधानम...

इजिप्सियनलाई आकर्षित गर्दै खुकुरी र सिङ्गिङ बाउल

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल र इजिप्टबीच द्विपक्षीय पर्यटन विकासका लागि आवश्यक सहयोग गर्न सरकार कटिबद्ध रहेको बताउनुभएको छ । नेपाल र इजिप्टबीच पर्यटन क्षेत्रमा आपसी सहयोग अभिवृद्धि गर्ने उद्देश्यले दुवै देशका ट्राभल र टुर अपरेटरबीचको छलफल कार्यक्रममा उहाँले पर्यटन क्षेत...

दुर्गम गाउँ मासपुरमा पहिलो पटक स्वास्थ्य सेवा

हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिका–३ को दुर्गम मासपुर गाउँका बासिन्दाले पहिलो पटक स्वास्थ्य तथा अन्य सेवासुविधा पाएका छन् । सरकारी निकायको उपस्थिति हुँदै नहुने उक्त बस्तीमा गाउँपालिकाको टोली पुुगेपछि स्थानीयवासीले सेवासुविधा पाएका हुन् । यसअघि कहिल्यै सरकारी सेवा तथा सुविधा नपाएको भए पनि यस पटक गाउँपा...

भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था खारेजीको माग गर्दै गैससले बुझायो ज्ञापनपत्र

गैर सरकारी संस्था महासङ्घ नेपाल जिल्ला शाखा सिन्धुलीले मुनाफारहित कार्य गर्ने सामाजिक सङ्घ संस्थाले प्राप्त गर्ने अनुदानमा कर नलगाउन माग गर्दै आज ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालमार्फत अर्थ मन्त्री र कर अधिकृत भावाना चौलागाईमार्फत आन्तरिक राजस्व विभाग लाजिम्पाट, काठमाडौँलाई अध्यक्ष खेटराज ...

बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या

पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्रगतिमा बजार विस्तार भइरहेको छ । बजारमा जनघनत्व बढ्दो छ । गाउँबाट बसाइँसराइ गरेर यहाँ आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ । वर्षौँ अगाडि निर्माण भएका पूर्वाधारले अहिले थेग्न सक्ने अवस्था छैन । बजारको फोहर व्यवस्थितरूपमा व्यवस्थापन हुनसकेको छैन । ढोरपाटन नगरपालिकाको के...