यसवर्षको सकियो सिकार याम, तीन झारलको सिकार भएन

ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार याम सकिएको छ । सिकारीले नाउर र झारलको सिकार गरेर फर्किएसँगै सिकार याम अन्त्य भएको हो । दोस्रो सिकार याममा ढोरपाटनमा १२ नाउर र छ झारलको सिकार भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो सिकार यामको लागि नौ झारलको कोटा निर्धारण गरे पनि तीन झारलको कम सिकार भएक...

नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु

नवलपरासी–बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान्श्रीमतीको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उहाँकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुर...

सडक अलपत्र पार्ने निर्माण व्यवसायीसँग स्पष्टीकरण माग

लामो समयसम्म सडक आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीसँग स्पष्टीकरण माग गरिएको छ । पर्वतकोे जलजला गाउँपालिका–७ मा निर्माणाधीन मिलनचोक–सल्यान–ठोटनेरी सडक अलपत्र पार्ने ठेकेदारलाई पूर्वाधार विकास कार्यालयले बिहीवार सूचना प्रकाशन गरी एक साताभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो । योजना सम्पन्न गर्न सम्झौता गरेको ठे...

प्रधानमन्त्री प्रचण्डसँग सभापति लामिछानेको भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । भेटमा सभापति लामिछानेले भ्रष्टाचार र अ...

जङ्गलको आगो घरमा सल्कियो, एक अशक्त युवकको मृत्यु

जङ्गलमा लागेको आगो नजिकैको घरमा सल्किएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको लाक्सेबुङमा एक अशक्त युवकको जलेर मृत्यु भएको छ । बिहीबार अपराह्न ३ः३० बजे लाक्सेबुङ जङ्गलमा लागेको आगो सोही स्थानका प्रेम नेम्बाङको घरमा सल्किदा आगलागी भएको थियो । आगलागीमा परी हिँड्डुल गर्न नसक्ने नेम्बाङका छोरा ३२ व...

दुई दिनमा दुई गैँडा मृत भेटिए

चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् । वैशाख २६ र २७ गते ती गैँडा मृत भेटिएका हुन् ।   निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार २६ गते कसरा क्षेत्रको तमोर ताल क्षेत्रमा चार महिनाको पोथी गैँडा र २७ गते सौराहाको पटना क्षेत्र राप्ती नदी किनारमा भाले गैँडा ...

पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १० को मृत्यु

पाकिस्तानमा प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउलाई लिएर मङ्गलबारदेखि जारी विरोधमा प्रदर्शनकारी र प्रहरीबीच देशका प्रमुख शहरमा झडपहरू भएका छन् । झडपमा परी कम्तीमा १० जनाको मृत्यु हुनुका साथै एक हजार ७५० भन्दा बढी घाइते भएका छन् ।   ...

जिप्ट, फ्रान्स, जर्मनी र जोर्डनद्वारा इजरायल–गाजा युद्ध अन्त्य गर्न आग्रह

इजिप्ट, फ्रान्स, जर्मनी र जोर्डनका विदेशमन्त्रीले इजरायल र गाजाका लडाकूबीच तीन दिनदेखि जारी हिंसा अन्त्य गर्न बिहीबार आह्वान गरेका छन् । जर्मनीकी विदेशमन्त्री एनालेना बेयरबोकले आफ्ना समकक्षीसँगको वार्तापछि भन्नुभयो,“रक्तपात अब अन्त्य हुनैपर्छ ।”   जोर्डनका विदेशमन्त्री अयमान सफादीले पनि नकारात्मक घटनाक्रमक...

शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरमा ल्याइने बताउनुभएको छ । आज आफूसँग भेट गर्न आएका नेकपा (एकीकृत समाजवादी)का नेता तथा जनवर्गीय सङ्गठनका प्रतिनिधिसँगको छलफलमा उहाँले दोषीलाई कुनै पनि हालतमा ...

पचास करोड लगानी गरी वीरेन्द्रबहादुर बस्नेत व्यावसायिक कृषिमा

आन्तरिक हवाई उडानमा निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयर सञ्चालन गरिरहनुभएका वीरेन्द्रबहादुर बस्नेतले कृषिमा पनि लगानी विस्तार गर्नुभएको छ । निर्वाहमुखी कृषिलाई व्यावसायिकीकरण गर्ने उद्देश्यले बस्नेतले ‘आरजु राइस मिल’मार्फत विभिन्न दुई ब्रान्डका चामल उपभोक्तामाझ ल्याउनुभएको छ । “कृषिलाई प्रविधिसँग जोडेर...