जिप्ट, फ्रान्स, जर्मनी र जोर्डनद्वारा इजरायल–गाजा युद्ध अन्त्य गर्न आग्रह


इजिप्ट, फ्रान्स, जर्मनी र जोर्डनका विदेशमन्त्रीले इजरायल र गाजाका लडाकूबीच तीन दिनदेखि जारी हिंसा अन्त्य गर्न बिहीबार आह्वान गरेका छन् । जर्मनीकी विदेशमन्त्री एनालेना बेयरबोकले आफ्ना समकक्षीसँगको वार्तापछि भन्नुभयो,“रक्तपात अब अन्त्य हुनैपर्छ ।”

 

जोर्डनका विदेशमन्त्री अयमान सफादीले पनि नकारात्मक घटनाक्रमको अन्त्य हुनुपर्ने र शान्ति पुनस्र्थापना गर्नुपर्ने बताउनुभएको छ ।सफादीले ‘स्थितिलाई शान्त पार्नु’ र दीर्घकालीन शान्तिका लागि राजनीतिक विश्वास जगाउने उपायहरू सिर्जना गर्नु अत्यावश्यक भएको बताउनुभएको छ ।

केही महिनायताकै सबैभन्दा खराब हिंसात्मक झडपका कारण प्यालेस्टाइनमा २५ जनाको मृत्यु भएको छ ।इजरायली सेनाले मङ्गलबारदेखि गरेको हवाई

आक्रमणमा लडाकुका साथै कैयौँ बालबालिकासहित सर्वसाधारणको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

 

गाजा पट्टीमा लडाकूहरूले इजरायलमाथि ५०० भन्दा बढी रकेट प्रहार गरेको र अहिलेसम्म कुनै हताहत नभएको इजरायली सेनाले जनाएको छ ।

इस्लामिक जिहाद लडाकू समूहले एएफपीलाई दिएको जानकारीअनुसार इजरायलमा स्थानीय समयअनुसार बिहान ९ः०० बजे फेरि रकेट प्रहार गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार