तनहुँको व्यास नगरपालिका–१० बिपी भञ्ज्याङका २० वर्षीया राममाया विक र उहाँका चार वर्षीय छोरा लप्सन १७ दिनदेखि बेखबर छन् । दुवैजना यही वैशाख ३ गतेदेखि बेखबर छन् । माइतीघर तथा आफन्तजन, इष्टमित्र सबै कहाँ खोजी गरे पनि फेला नपरेको राममायाका श्रीमान् लोकबहादुर विकले बताउनुभयो । “आमाछोराको खोजीका लागि प्रहरी कार्यलयमा जाह...
