अन्नपूर्ण हिमालमा आरोही बेपत्ता

म्याग्दीस्थित अन्नपूर्ण हिमाल आरोहणका क्रममा एक जना भारतीय आरोही बेपत्ता भएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको दोस्रो आधार शिविर नजिकैबाट सोमबार दिउँसो ती आरोही बेपत्ता भएका हुन् । भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु बेपत्ता भएका सेभेट समिट टे«क्सका प्रबन्धक थानेश्वर गुरागाईँले बताउनुभ...

कोरोना सङ्क्रमित एक जनाको मृत्यु

कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार आज एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । आजै एक सय चार नयाँ सङ्क्रमित थपिएका हुन् । पाँच सय ७१ पिसीआर तथा एक हजार ६१ एन्टिजेन परीक्षण गरी जम्मा एक हजार छ सय ३२ नमूना परीक्षणमा एक सय चार जनामा सङ्क...

वायुसेवा निगमले तीन जहाज खरिद गर्ने

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ । आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्र ‘...

प्रत्येक महिना करदातालाई सम्मान

बागलुङ नगरपालिकाले राजश्व सङ्कलनको लक्ष्यमा पुग्न करदातालाई सम्मान गर्न थालेको छ । व्यवसायीलाई राजस्व समयमै तिर्न प्रोहोत्सान गर्न नगरपालिकाले करदातालाई प्रोत्साहन गर्न थालेको हो । आन्तरिक राजस्वलाई बढाउन नगरपालिकाले प्रत्येक महिनाको कर बुझाउन नगरपालिका आउने करदातालाई सम्मान गर्न थालिएको नगरप्रमुख राजु खड्काले बत...

तिला नदीमा बेपत्ता विश्वकर्माको खोजी जारी

कालीकोटको तिला नदीमा बेपत्ता हुनुभएका जिल्ला समन्वय समिति कालीकोटका सदस्य कालीबहादुर विश्वकर्मा अझँै फेला पर्नुभएको छैन् । तिला नदीबाट दाउरा निकाल्ने क्रममा तिलागुफा नगरपालिका–१ भिग्मबाट विश्वकर्मा बेपत्ता हुनुभएको थियो । शनिबार बिहान ११ बजेतिर तिला नदीमा दाउरा निकाल्न जानु भएका विश्वकर्माको खोजी जारी रहेको जिल्ला प...

रास्वपा सभापति लामिछानेका चालक घाइते अवस्थामा फेला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका चालक घाइते अवस्थामा फेला पर्नुभएको छ । उहाँ आज बिहान भरतपुर महानगरपालिका वडा नं. ११ स्थित रवि लामिछाने बस्ने घरको छतबाट खसेर घाईते हुनु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ४ बजेको समयमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं. ३ घर ...

प्लास्टिकजन्य फोहर बढ्यो

आन्तरिक पर्यटक बढेसगैँ सिन्धुपाल्चोकको पर्यटकीयस्थल पाँचपोखरीमा प्लास्टिकजन्य फोहर बढेको छ । पर्यटक वृद्धिसँगै होटल प्रतिस्पर्धामा सञ्चालन हुन थालेपछि प्लास्टिकजन्य फोहर बढ्न थालेको हो । व्यवसायीले भिरको कुनामा फोहर थुपार्न थालेपछि गाउँपालिकाले चेतानामूलक सरसफाइ अभियान गरी फोहर सङ्कलन गरिरहेको गाउँपालिका अध्यक्ष ट...

देशभर तीन दिनसम्म तुँवालो रहने

केही दिनयतादेखि डढेलोका कारण काठमाडौँसहित देशभर वायु प्रदूषण बढ्दै गएको छ । काठमाडाँै उपत्यकासहित देशका धेरैजसो ठाउँमा बढिरहेको वायु प्रदूषण अझै तीन दिनसम्म कायमै रहने जनाइएको छ । प्रदूषणलाई नेपालबाट अन्यत्रै लैजाने गरी हावा नचल्ने र पानी पर्ने पनि सम्भावना नरहेकाले प्रदूषण अझै केही दिन स्थिर रहने जल तथा मौसम पूर्...

मालपोतका कर्मचारीको विषयमा छानबिन गर्न मन्त्री श्रेष्ठको निर्देशन

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीले आर्थिक चलखेल गरी सेटिङमा काम गर्ने गरेको भन्ने समाचारका विषयमा तत्काल छानबिन गर्न निर्देशन दिनुभएको छ । उहाँले मन्त्रालयका सचिव डा दामोदर रेग्मी तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्मनिधि सोतीलाई मा...

सुत्करीले पाएनन् प्रोत्साहन भत्ता

हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकाका १६५ सुत्केरीले प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् । आर्थिक वर्ष २०७८÷७९ मा प्रोत्साहनवापत पाउने भत्ता नपाएको उनीहरुको भनाइ छ । गाउँपालिकाले स्वास्थ्यचौकीलाई सुत्केरीले पाउने प्रोत्साहन भत्ता निकासा नदिएपछि ठूलो संख्यामा सुत्केरी महिलाले उक्त सुविधाबाट वञ्चित भ...