आगलागीबाट दश लाखको धनमाल क्षति

महोत्तरीको सोनमा-१ मा आज दिउँसो आगलागी हुँदा रु १० लाखभन्दा बढीको धनमाल क्षति भएको छ । सोनमा बस्तीका मनोहर ठाकुर, इन्दल ठाकुर र इनरजित ठाकुरको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । विद्युत् चुहिएर (विद्युत सर्ट भएर) सल्केको आगोले तीनवटा घर जलेको जिल्ला प्रहरी कार्यालय...

सरकारी विज्ञापन एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा छौँ : मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी विज्ञापनलाई सरकार एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने तयारीमा रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको २३औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री शर्माले लोककल्याणकारी विज्ञापन र समानुपातिक विज्ञापनलाई सरकारको न्यूनतम साझा कार्यक्रममार्फत एक...

प्रहरीसँगको झडपमा कराँचीमा तीनजनाको मृत्यु

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार बिहान प्रहरीसँगको झडपमा तीन जनाको मृत्यु भएको छ । प्रहरीले विज्ञप्ति जारी गर्दै शहरभरि नियमित गस्तीका क्रममा दुईवटा मोटरसाइकलमा सवार शङ्कास्पद तीनजनालाई रोक्न खोज्दा प्रहरी माथि गोली प्रहार भएको र जवाफी कारबाहीमा मारिएको जनाएको छ । मारिएका अपराधीहरूको पहिचान भएको र ...

इयुद्वारा इजरायलमा भएको आक्रमणको निन्दा ः संयम अपनाउन आग्रह

युरोपेली सङ्घले शनिबार इजरायलमा भएको घातक हमला र लेबनानबाट प्रहार गरिएको रकेट ब्यारेजको निन्दा गरेको छ । सङ्घले सबै पक्षलाई “संयम” अपनाउनका लागि आह्वानसमेत गरेको छ । “ईयुले यस किसिमका हिंसापूर्ण गतिविधिको पूर्णनिन्दा गर्दछ । हिंसा बन्द हुनुपर्छ”, ब्लाकका विदेश नीति प्रमुख जोसेप बोरेलले इजरायलमा शुक्रबारको आक्रमणपछ...

कञ्चनपुरमा बस्ती नजिक बाघ देखिन थालेपछि निगरानी गर्न स्वचालित क्यामेरा जडान

कञ्चनपुरको दक्षिणी क्षेत्रमा बस्ती नजिक बाघ देखिन थालेपछि अनुगमनका लागि स्वचालित क्यामेरा जडान गरिएका छन् । पुर्नर्वास नगरपालिका र बेलौरी नगरपालिकामा बाघको अनुमगनका लागि तीन वटा स्वचालित क्यामेरा जडान गरिएको कुण्डा सवडिभिजन वन कार्यालय पच्गडियाका प्रमुख सहायक वन अधिकृत दिनेशकुमार यादवले जानकारी दिनुभयो । “पछिल्...

वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका सच्याउन माग

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका २०७९’ मा समेटिएका विषय प्रति व्यवसायीले आपत्ति जनाएका छन् । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को आज डिल्लीबजारमा बसेको बैठकले विदेश अध्ययनका लागि आवश्यक अनुमतिपत्र (नो अब्जेक्सन लेटर–एनओसी) प्राप्त गर्न जारी निर्देशिका...

कर्णाली प्रदेशमा कांग्रेस सरकारमा छिट्टै जान्छ : उपप्रधानमन्त्री खड्का

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली कांग्रेस कर्णाली प्रदेशको सरकारमा छिट्टै जाने बताउनुभएको छ । सुर्खेत विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले केन्द्रीय गठबन्धनअनुसार कर्णालीमा चाँडै नै कांग्रेस सरकारमा जाने बताउनुभएको हो । एमालेसँगको अप्राकृतिक गठबन्धन भत्काएर प्राकृतिक गठबन्...

अवधि सकिँदा पनि मैलुङ–स्याफ्रुबेँसी सडकको प्रगति न्यून

निर्माण सम्पन्न गर्नुपर्ने अवधि सकिँदा मैलुङदेखि स्याफ्रुबँेसीसम्मको सडकमा छेउमा पर्खाल लगाउनेबाहेकको अरु काम हुन सकेको छैन । लामो समयसम्म निर्माण व्यवसायी सम्पर्कमा नहुँदा सो सडक निर्माण ठप्प रहेको थियो । झण्डै एक वर्षपछि अहिले काम सुरु भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबँेसी–रसुवागढी सडक योजनाले जनाएको छ । यो...

सामाखुसी यातायात प्रालीद्वारा थप बस सञ्चालन

सामाखुसी यातायात प्रालीले रु पाँच करोडको लागतमा १० बस सञ्चालनमा ल्याएको छ । विसं २०५७ मा काठमाडौँका उत्तरी क्षेत्रका नागरिकलाई यातायात सेवा प्रदान गर्ने उदेश्यले सञ्चालनमा आएको उक्त प्रालीले आजदेखि बस थप गरेको हो । उक्त सेवाको प्रालीका अध्यक्ष सानुकाजी प्रजापति र प्रालीका प्रमुख सल्लाहकार एवम् नेपाल यातायात व्यवसा...

बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने

सिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ । उनीहरुको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता गरिएको छ ।   पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग याङ्ग्री लार्के खोलामा २०७८ असार १ गते गएको बाढीले अत्यधिक क्षति पु¥याएको थियो । बाढीबाट प्रभावित ...