गैँडाको खाग खरिद बिक्रीमा संलग्न पन्ध्र जना पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री कार्यमा संलग्न विभिन्न १५ जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा यही गत पुस १९ गते जिल्ला काठमाडौँ महानगरपालिका–७ सरस्वतीनगर टोलबाट गैँडाको एक थान खाग (तौल पाँच सय २२ ग्राम)सहित सुरुमा इन्द्रमणि ...

पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प

पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ५२ मीनेट जाँदा पश्चिम रुकुमको स्यालाखदी केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो । पछिल्लो समय नेपालको उत्तर पश्चिमी क्षेत्र भएर भूकम्प जाने क्रम बढेको छ ।...

बागलुङ–बेनी सडक जीर्ण

बागलुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडक जीर्ण अवस्थामा छ । उक्त सडकमा जताततै खाल्डाखुल्डी छन् । सडकमा नालीसमेत बनेको अवस्था छैन । कालोपत्र उप्किएको छ । कतै सडक धुलाम्मे छ । बाङ्गेचौरबाट रत्नेचौरसम्मको ११ किलोमिटर सडक बर्सेनि मर्मत गरिन्छ । तर बाढी र पहिराले कालोपत्र बगाएको छ । रत्नेचौरबाट बेनीसम्मको छ किलोमिटर ...

बजेट अभावले तातोपानी चिकित्सालय सञ्चालनमा बाधा

बजेट अभावले म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा प्राकृतिक चिकित्सालय सञ्चालनमा बाधा पुगेको छ । चिकित्सकको निगरानीमा औषधि प्रयोगबिना बिरामीको उपचार गर्ने गरी सञ्चालनमा ल्याएको उक्त चिकित्सालय बजेट अभावले समस्यामा छ । गत वर्ष असोजदेखि बिरामी भर्ना गरेर सेवा दिने तयारी भए पनि आन्तरिक र जनशक्ति व्यवस्थापन ...

‘पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन’

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताउनुभएको छ । व्यापारीको ध्यानाकर्षणपत्र बुझ्दै उहाँले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर पछि नहट्ने प्रष्ट पार्नुभयो । महानगरले बजार क्षेत्रका विभिन्न सडकलाई विकल्पसहित पार्किङ निषेधित...

आगलागीबाट बालिकाको मृत्यु

जुम्लाको चन्दननाथ नगरपालिका–१ मा गए राति आगलागी हुँदा १४ वर्षीया बालिकाको जलेर मृत्यु भएको छ । मृत्युहुनेमा चन्दननाथ–१ ठिन्केका लोकबहादुर भण्डारीकी १४ वर्षकी छोरी बन्दना भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो । आगलागी नगरपालिकाको दमकल, प्रहरी, नेपाली सेना र स्थानीय...

काभ्रेमा ‘मेरो कित्ता’ कार्यक्रम प्रभावहीन

यहाँको नापी कार्यालयमा सञ्चालन गरिएको ‘मेरो कित्ता’ कार्यक्रम प्रभावहीन बनेको छ । नागरिकलाई सहज तरिकाले सेवा उपलब्ध गराउने उद्देश्यले धुलिखेलस्थित नापी कार्यालयले गत चैत २२ देखि डिजिटल प्रविधिको प्रयोग गर्दै ‘मेरो कित्ता’ कार्यक्रम सुरु गरेको थियो । उक्त कार्यक्रमअन्तर्गत डिजिटल नक्सा घरमै बसेर प्राप्त गर्न सकि...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५७ अङ्कले उकालो लागेर दुई हजार एक सय दशमलव ६५ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ अङ्कले उकालो लागेर चार सय दुई दशमलव शून्य एकम...

कांग्रेस सरकारमा जाँदैनः नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताउनुभएको छ । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि काङ्ग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पार्नुभएको हो । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।” राष्ट्रपति...

 पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप बढी

पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप परेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फिति सात दशमलव ३० प्रतिशत बराबर रहेको छ । समीक्षा अवधिमा काठमाडौँ उपत्यकामा छ दशमलव ९३ प्रतिशत, तराईमा सात दशमलव ४९ प्रतिशत, पहाडमा सात दशमलव ३० प्रतिशत र ह...