जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । चालीस कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ कैदीबन्दी राखिएको छ । क्षमताबन्दा बढी कैदीबन्दी राखिँदा उनीहरुलाई बस्न समस्या भएको जिल्ला कारागारका जेलर रामराज पन्तले बताउनुभयो । उहाँका अनुसार २५ पुरुष र १५ महिला कैदीबन्दी राख्न उ...

ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको निःशुल्क औषधि

पाँचथरको याङवरक गाउँपालिका–३ ओयामले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उच्च रक्तचाप र मधुमेहको औषधि निःशुल्क वितरण गर्न थालेको छ । वडा कार्यालयले ६० वर्षमाथिका नागरिकको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गर्न थालेको हो । वडाका धेरै ज्येष्ठ नागरिक उच्च रक्तचाप र मधुमेहका बिरामी रहेको पाइएपछि वडाले बजेटको व्यवस्था गरी औष...

एशियन हाइड्रोपावरको आइपिओ आउँदै

एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही माघ २७ गतेदेखि प्रतिकित्ता रू एक सय अङ्कित दरमा छ लाख ९७ हजार दुई सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन गर्ने भएको हो । कम्पनीले जारी पुँजी रू ३४ करोडको २४ दशमलव ७१ प्रतिशतले हुने रू आठ करो...

सूनको मूल्य घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रू पाँच सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख छ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख पाँच हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला रू...

पोखराका व्यस्त सडकमा ‘पार्किङ ’ गर्न रोक

पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरेको हो । ्महानगरपालिकाले मुख्य सहरी क्षेत्रको पृथ्वीचोक–सभागृहचोक, न्यूरोड, विपीचोक, चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीच...

राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै : नेता केसी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताउनुभएको छ । भरतपुरमा प्रेस युनियन चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै रहेको र त्यसका लागि जुनसुकै दलसँग सहयोग लिन सकिने बताउनुभयो । राष्ट्रपति कांग्रेसले लिन...

बस र टाटासुमो जुध्दा एक महिलाको मृत्यु

काठमाडौँको सीतापाइलामा बस र टाटासुमो एक आपसमा ठोकिँदा एक महिलाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१५ सीतापाइलामा बस र टाटासुमो आपसमा जुध्दा बसमा सवार रसुवाको गोसाइँकुण्ड घर भई हाल काठमाडौँको पुतलीसडक बस्ने ५२ वर्षीया यायल्म घलेको आज बिहान मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते हुनुभएकी उहाँको स्वयम्भूस्थित मन...

प्रदेशमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्छौं : मन्त्री दुलाल

बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले प्रदेशका सबै माध्यामिक विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गर्ने बताउनुभएको छ । मन्त्री भएपछि पहिलो पटक आइतबार सिन्धुपाल्चोक आउनुभएका उहाँले उक्त कार्यक्रम विद्यालयमा प्रभावकारी देखिएको भन्दै सबै माध्यामिक विद्यालयमा लागू गर्ने बताउनुभयो । ...

साढे दुई करोड लगानीमा ९९ जना महिलाले चलाएको रेष्टुराँ

सङख्या विज्ञानमा अङ्क ९९ एउटा चक्रको अन्त्य र अर्को चक्रको शुरुवात हो । गणना विधिमा दुई अङ्कको चक्र ९९ सकिन्छ र तीन अङ्कको चक्र शुरु हुन्छ । धार्मिक हिसाबले अङ्क ९९ लाई प्रतिकात्मक रुपमा विभिन्न सकारात्मक विषयसँग जोडेर हेर्ने गरिन्छ । एकता, प्रतिवद्धता, कार्यसफलतालगायतका भाव र अर्थको सङ्केत यो अङ्कले दिन्छ । उनान्...

सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी

यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न सफल हुनुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त आम्दानी गर्नुभएको हो । सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी रु ५५ बाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी रु ८९ मा बिक्री भइरहेको सुन्तला उहाँ...