शुक्लागण्डकीमा लागत साझेदारीमा सडक कालोपत्र

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ घोर्मेस्थित नवीनटोल मार्गमा लागत साझेदारीमा सडक कालोपत्र गरिएको छ । स्थानीयवासी र नगरपालिकाको लागत साझेदारीमा उक्त मोटरमार्ग कालोपत्र गरिएको हो । आर्थिक वर्ष २०७८÷७९ मा नगरस्तरीय साझेदारी योजनाअन्तर्गत शुक्लागण्डकी नगरपालिकाको ७० प्रतितश र स्थानीय उपभोक्ताको ३० प्रतिशत नगद योगदानबा...

खानेपानीमा मापदण्डभन्दा बढी आइरन

माडी नगरपालिकाका चार खानेपानी आयोजनामा आवश्यकताभन्दा बढी आइरनको मात्रा देखिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरको पानी परीक्षण प्रयोगशालाको टोलीले पानीको परीक्षण गर्दा सो पहिचान भएको हो । टोलीले यही पुस १८ देखि २० गतेसम्म माडीको चार खानेपानी आयोजनामा खानेपानी परीक्षण गरेको थियो । डिप बोरिङबाट निकाल...

तारुकामा आगामी माघ १ र २ मा २८ हल गोरु जुधाइने

त्रिशूली, २४ पुस : नुवाकोटको तारुकामा यस वर्ष २८ हल गोरु जुधाइने भएको छ । तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको ‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिनुभयो । उहा...

छ वर्षीय बालकले गुरुमालाई गोली हानेपछि

अमेरिकाको भर्जिनियामा राज्यमा एक जना छ वर्षीय बालकले आफ्ना गुरुलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् । पूर्वी राज्य भर्जिनियाको एक प्राथमिक विद्यालयमा शुक्रबार ‘झगडा’ हुँदा एक छ वर्षीय बालकले शिक्षकलाई गोली हानेर गम्भीर घाइते बनाएको स्थानीय प्रहरीले जनाएको छ । न्युपोर्ट न्युज सहरका प्रहरीका अनुसार रिचनेक इलिमेन्टरी...

२५ करोडमा बनेको होल्डिङ सेन्टर प्रयोगविहीन

झापा, २३ पुस  ः एक हजार जनालाई एकैपटकमा आवासीय सेवा दिने क्षमताको होल्डिङ सेन्टर मेचीनगर नगरपालिकाको वडा नं १४ मा निर्माण भएको आठ महिना बितिसक्यो । सरकारले यसलाई सञ्चालनमा ल्याउन नसक्दा राज्यको ठूलो लगानी प्रयोगविहीन बनेको छ । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि सरकारले सातै प्रदेश र उपत्यकामा सुविधासम्...

सर्वोच्च बारमा मतदान सम्पन्न

सर्वोच्च बार एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि सुरु भएको मतदान सम्पन्न भएको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको थियो । नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धामा ...

सरकारलाई सफल बनाइन्छ : अध्यक्ष ओली

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सफल बनाइने बताउनुभएको छ । एमालेको संसदीय मामिला विभागले संसदीय अभ्यासबारे जानकारी गराउन आज यहाँ आयोजना गरेको ‘नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा’ विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले राजनीतिक, नीतिगत र व्यावहारिक हिसाबले सरकारल...

तीन तहकै सरकारबीच समन्वय आवश्यक छ : नेता सिंह

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले प्रतिस्पर्धी शिक्षा र पहुँचयुक्त स्वास्थ्य क्षेत्रको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारबीच आत्मीय समन्वय हुनुपर्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिका वडा नं १० ले आज यहाँ आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले चुनावी दौरानमा राजनीतिक प्रतिस्पर्धा भए पनि ...

तातोपानी नाका पूर्ववत् सञ्चालनमा ल्याउन आग्रह

तातोपानी नाका पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याउन नेकपा (एमाले) सिन्धुपाल्चोकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । तातोपानी नाकालाई विश्वासयोग्य बनाई पूर्ववत्रूपमा सञ्चालनमा ल्याउन चीन सरकारसँग छलफल, समझदारी र विश्वासको वातावरण बनाउन अर्थमन्त्री पौडेलसँग आग्रह गरिएको हो । चीनस...

सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान प्रारम्भ

सर्वोच्च बार एसोसिएसनको ३४ औँ नयाँ कार्यसमिति चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत मुकुन्दप्रसाद पौडेलका अनुसार नयाँ कार्यसमितिका लागि मतदान सुरु भएको छ । मतदान दिउँसो ३ बजे सम्पन्न हुनेछ । त्यसपछि मतगणना प्रारम्भ गरिने छ । नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र ...