असार महिना लागेसँगै नेपाली किसानहरुलाई धानको विउ रोप्ने चटारो हुन्छ । ‘मानो रोपेर मुरी फलाउने’ चटारोमा किसानहरु लागिपरेका छन् । असारमा खेत भरी भरिएको पानीमा छुपुछुप गर्दै ‘धानको विउ रोप्नु’को रमाइलो नै अर्कै हुन्छ । अझ, रोपारहरुले गीत गाउँदै विउ रोप्दाको क्षण निकै लोभलाग्दो हुन्छ । हिलोमा रमाउँदै नेपाली चलचित्रका...
