एकीकृत कारोबार असार २७ गतेदेखि

बैंक तथा वित्तीय संस्था एकापसमा गाभिने क्रम पछिल्ला दिनमा वृद्धि भएको छ । नेपालको बैंकिङ इतिहासमा विशिष्ठ पहिचान बनाएको नबिल बैंकले अर्को ‘क’ वर्गको बैंक नेपाल बङ्गलादेश बैंकलाई गाभेको छ । एकापसमा गाभिएका बैंकले ‘नबिल बैंक लिमिटेड’ को नाममा यही असार २७ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको नियमन...

राजीनामा घोषणा गर्दै अर्थमन्त्रीले भन्नुभयो – ममाथि पूर्वाग्रह राखियो

अर्थमन्त्री जनार्दन शर्माले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले आफूले पदबाट राजीनामा दिएको बताउनुभयो । विगतमा छानबिन समिति गठन भए पनि राजीनामा दिने नगरिएको भन्दै उहाँले आफूले भने त्यसो नगर्ने जानकारी संसद्लाई गराउनुभयो । उहाँले छानबिन समितिको काम कारवाहीलाई सहज बनाउनका लागि ...

जुम्लामा किसानलाई आधुनिक प्रविधि वितरण

जुम्ला कृषि विकास कार्यालयले किसानलाई आधुनिक प्रविधिका कृषि यन्त्र वितरण गरेको छ । खेतीमा प्रविधि र यान्त्रिकरण गर्दै उत्पादन वृद्धि गर्न कृषि उपकरण वितरण गरिएको कार्यालयका प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो । कार्यालयले चालु आर्थिक वर्षमा जिल्लाका आठवटै स्थानीय तहका व्यावसायिक किसानलाई जोत्नेदेखि तेल पेल्ने, पिस्ने...

हात्तीसार हौदा सङ्ग्रालयमा पर्यटक बढे

मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा रहेको हात्तीसार सङ्ग्रहालयको संरक्षण र व्यवस्थापनपछि आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ । बागमती प्रदेश सरकारसँगको सहकार्यमा गाउँपालिकाले सङ्ग्रहालयको वरिपरी विभिन्न प्रकारका बोटबिरुवा तथा फूलहरु रोपेर आकर्षक उद्यान, पदमार्गलगायत संरचना निर्माण गर्नुका साथै सङ्ग्रहालयभित्र भएक...

मूल्यवृद्धि दोब्बर ः महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशको आर्थिक अवस्था विग्रदै गएको आरोप लगाउनुभएको छ । मङ्गलबार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले अघिल्लो सरकारको पालामा भन्दा अहिले झण्डै दोब्बरले मूल्यवृद्धि भएर जनताको ढाड सेक्ने काम भएको छ भन्नुभयो । महासचिव पोखरेलले करका दायरा हेरफेर...

व्यासमा २४ करोड २९ लाख सामाजिक सुरक्षा भत्ता बाँडिँदै

व्यास नगरपालिका कार्यालयमा आर्थिक वर्ष ०७८/०७९ का लागि रु २४ करोड २९ लाख छ हजार ७३६ वितरण गरिने भएको छ । नेपाल सरकारले सूचीकृत गरेका सात हजार ६१३ जनालाई उक्त रकम वितरण गर्न लागेको नगरपालिका कार्यालय तनहुँले जनाएको छ । त्रैमासिक बजेट निकासा भई सामाजिक सुरक्षा भत्ता वितरणका लागि चौथो किस्तामा नपुग रकम रु चार करोड २४...

पुनर्कर्जा सुविधालाई निरन्तरता दिन माग

निर्यात व्यवसायी महासङ्घले निर्यात व्यवसायमा पुनर्कर्जाको सुविधालाई निरन्तरता दिन माग गरेको छ महासङ्घका अध्यक्ष रामबहादुर गुरुङले आइतबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई भेटेर मौद्रिक नीतिमा निर्यात व्यवसायमा पुनर्कर्जाको सुविधालाई निरन्तरता दिन माग गर्नुभएको हो । अध्यक्ष गुरुङले नेपालको निर्यात क्...

स्थानीय तह ः ‘सिप टिकाउने, उत्पादन बिकाउने’ नीति

म्याग्दीका सबैजसो स्थानीय तहले स्थानीय जनशक्तिको खपत गरी उत्पादन बढाउने र ती उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्रीको व्यवस्था मिलाउने पहल सुरु गरेका छन् । आगामी आर्थिक वर्ष २०७९÷०८० का को नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेका यहाँका स्थानीय तहहरुले स्थानीय उत्पा...

व्यावसायिक करसमान गर्न आग्रह

नेपाल व्यापार सङ्घले व्यावसायिक कर समान गर्न नवनिर्वाचित जनप्रतिनिलाई आग्रह गरेको छ ।सङ्घले आइतबार साँझ यहाँ आयोजना गरेको काठमाडौँ महानगरपालिका १७, २२, २४, २५ र २७ का नवनिर्वाचित जनप्रतिनिधिलाई ‘बधाई तथा स्वागत कार्यक्रम’मा व्यवसायीले पार्किङ समस्या समाधानदेखि घर भाडामा देखिएको समस्या समाधान गर्न आग्रह गरेका हुन् । ...

नेप्से परिसूचकको उकालो यात्रा

शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५८ अङ्कले उकालो लागेको छ । पछिल्ला केही दिनदेखि नेप्से परिसूचकले उकालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५७.६५ अङ्कले उकालो लागेर दुई हजार ८६.४२ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसू...