पर्सामा स्वतन्त्र र कांग्रेसका उम्मेदवारको अग्रता

पर्सा निर्वाचन क्षेत्र नं १ को (१) मा स्वतन्त्र उम्मेदवारले अग्रता कायम छ । निर्वाच क्षेत्र नं २ को प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायम छ ।

वीरगन्ज महानगरपालिका–३२ चोर्नी गाउँको एक हजार सात सय ७५ मत गन्ती गर्दा स्वतन्त्र उम्मेदवार जनत अन्सारीले सात सय ५३, कांग्रेससहित पाँच दलीय गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रहबर अन्सारीले पाँच सय चार मत प्राप्त गर्नुभएको छ ।

नेकपा(एमाले) उम्मेदवार विचारी यादवले एक सय १४ मत प्राप्त गर्नुभएको छ । चोर्नीको मत गन्ती गर्दा ६५ मत बदर भएको प्रमुख निर्वाचन अधिकारी विनोदकुमार पोखरेलले जानकारी दिनुभयो ।

निर्वाचन क्षेत्र नं २ को पर्सागढी नगरपालिका–१ र २ को एक हजार तीन सय ३५ मत गणना गर्दा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कांग्रेसका नेता अजयकुमार चौरसियाले छ सय १६ मत, जनता समाजवादी पार्टीका उम्मेदवार सुरेन्द्रप्रसाद कुर्मीले चार सय ७६ मत प्राप्त गर्नुभएको छ भने ५५ मत बदर भएको छ ।

त्यसै निर्वाचन क्षेत्र नं २ को (१) मा पर्ने पर्सागढी नगरपालिका–१ र २ को दुई हजार आठ सय मत गन्ती गर्दा नेपाली कांग्रेसका उम्मेदवार श्याम पटेलले एक हजार ९०, जसपाका उम्मेदावर रामनरेश यादवले आठ सय ८१ मत प्राप्त गरेका छन् भने एक सय ६१ मत बदर भएको छ ।

पर्साको पोखरिया नगरपालिकाको उचाङ्गल रामदेश दास कलवार उच्च मावि मतगणना केन्द्रमा भइरहेको मतगणनामा पर्सा निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कांग्रेसका नेता रमेश रिजालले अग्रता कायम राख्नुभयो ।

छिपहमाई गाउँपालिका–५ को दुई हजार ७४ मत गणना गर्दा कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रमेश रिजालले नौ सय ४९ मत, एमालेका उम्मेदवार जालिम मियाँ आठ सय ४२ मत पाएका छन् भने एक सय ८९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार