यू–१९ क्रिकेट अनुराग सिंहको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा


काठमाडौँमा हुने वाइवाइ यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुन सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले अनुराग सिंहको कप्तानीमा १८ खेलाडीको नामावली सार्वजनिक गरेको प्रादेशिक जिल्ला क्रिकेट सङ्घका कञ्चनपुरका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो । टिममा कैलास ऐर (उपकप्तान), सुनिल चन्द (विकेटकिपर), दीपक बोहरा (ए) दीपक बोहरा (बी), मिलन बोहरा, आकाश चन्द, गजेन्द्र बोहरा, हेमन्त धामी, अशोक धामी, नरेन साउँद, युवराज खत्री, विशाल ऐर र विपिन धामी रहेका छन् । वैकल्पिक खेलाडीमा सञ्जय बोहरा, वीरेन्द्र वम, दिनेश ओड र प्रदीप चन्द रहेका छन् । टोली प्रशिक्षकमा धीरेन्द्र चन्द रहेको कञ्चनपुर जिल्ला क्रिकेट सङ्घ अध्यक्ष वीरेन्द्र चन्दले बताउनुभयो ।

“छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका आधारमा छनोट समितिले टिम घोषणा गरेको हो”, उहाँले भन्नुभयो, “मङ्गलबार टोली काठमाडौँ प्रस्थान गर्नेछ ।” गत कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म महेन्द्रनगरमा छनोट प्रतियोगिता भएको थियो । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर ८ गतेदेखि काठमाडौँमा वाईवाई यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार