प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ को मतगणना जारी रहेको छ ।
मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनका अनुसार अहिलेसम्मको मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार रामआधार कापरले एक हजार पाँच सय आठ मत प्राप्त गरेर अग्र स्थानमा छन् ।
तीन हजार १० मतको गणनामा स्वतन्त्र उम्मेदवार रामआधार कापर (माछा छाप) ले एक हजार पाँच सय आठ मत प्राप्त गरेर अग्र स्थानमा छन् ।
गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आठ सय ४४ मत प्राप्त गर्नुभएको छ भने जसपाका उम्मेदवार हरिनारायण यादवले पाँच सय २२ मत गर्नुभएको छ ।
त्यसैगरी ३(१) मा जसपाका दीपेन्द्र झा एक हजार एक सय १५० मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् भने एक हजार ६७ मत प्राप्त गर्दै लोसपाका अभिराम शर्मा दोस्रो स्थानमा रहेका छन् ।
त्यसैगरी ३(२) मा स्वतन्त्र उम्मेदवार उज्ज्वल झाले एक हजार दुई मत प्राप्त गर्दै अग्रस्थानमा छन् भने नेकपा(एमाले)का रामदयाल मण्डलले सात सय ५१ मत प्राप्त गर्दै दोस्रो र लोसपाकी रानी शर्माले पाँच सय ५६ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् ।

287 पटक हेरिएको 

