
काठमाडौ,
करिब एक दशकभन्दा लामो समयदेखि सौन्दर्य प्रतियोगिता,फेशन शो राष्ट्रिय,अन्तर्राष्ट्रिय शो एवं कार्यक्रमहरु आयोजना गर्दै आएको निकिला मिडिया नेटवर्क तथा भवानी ईन्टरटेनमेन्टको संयुक्त आयोजनामा ग्यालेक्सिी एक्सिलेन्स अवार्ड आयोजना गर्ने भएको छ।

उक्त अवार्ड गत वर्षदेखि आयोजना गर्न थालिएको हो। लामो समयदेखि आ-आफ्नो क्षेत्रमा तल्लिन भई लागेर सफलता हासिल गरि देश विदेशमा नाम कमाउन सफल भई समाज र देशका लागि अतुलनीय योगदान दिने अग्रज,स्रष्टा,सर्जक,कलाकार,शिक्षाविद्,पत्रकार,समाजसेवी,व्यबसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेसाकर्मीहरुलाई सम्मान गरिन्छ।
दोस्रो संस्करणको अवार्ड कार्यक्रम आगामी चैत १७ आयोजना गरिने आयोजक तथा संस्थापक सोनित राज ढुंगेलले जनाएको छ। ३५ विधामा अवार्ड वितरण गरिने छ।


412 पटक हेरिएको 

