ट्रकसँग ठोक्किएर दुधको ट्यांकर त्रिशुलीमा खस्यो,दुईको मृत्यु

चितवन,माघ २५ नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत भरतपुर महानगरपालिका २९ गाईघाटमा कन्टेनर(ट्रक)सँग ठोक्किएर दुध बोक्ने ट्याँकर त्रिशुली नदीमा खसेको छ ।

आज (विहिवार) विहान साढे पाँच बजे भएको सो दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन् । उनिहरु ट्याँकरको चालक र सहचालक भएको वताएको छ ।

नारायणगढबाट काठमाडौं तर्फ जाँदै गरेको बा ४ ख ६९५३ नम्बर दुधको ट्यांकर विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ४३१४ नम्बरको ट्रकसँग ठक्कर खाएको थियो ।

ट्यांकर सडकवाट करिव १ सय मिटर तल खसेको र पानिमा थोरै भाग देखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ट्रक भने सडकको कुनातर्फको नालिमा खसेको छ । शसस्त्र प्रहरी,जनपथ प्रहरी र स्थानियको सहयोगमा शव निकालिएको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार