राष्ट्रियसभा सदस्य चुनावको अन्तिम परिणाम घोषणा, बाम गठबन्धनको स्पष्ट बहुमत

काठमाडौ, २५ माघ । बुधबार भएको राष्ट्रियसभा सदस्य चुनावको मत गणना सम्पन्न भएको छ । चुनावको मत परिणामअनुसार राष्ट्रियसभामा पनि वाम गठबन्धनले स्पष्ट बहुमत ल्याएको छ ।

राष्ट्रिय सभाको निर्वाचनबाट चुनिने ५६ सदस्यमध्ये बुधबार भएको चुनावबाट ३२ जना सदस्य निर्वाचित भएका हुन् । यसअघि नै २४ सदस्य निर्विरोध निर्वाचित भइसकेका थिए । पछिल्लो परिणामसँगै एमालेले २७, माओवादी केन्द्रले १२ सिट जितेको छ ।

कांग्रेसले १३ सिट जित्दा राजपा र संघीय समाजवादी फोरमले २–२ सिट जितेका छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा ३ जना सरकारले चयन गर्नेछ । निर्वाचन आयोगले भोलि राष्ट्रिय सभाको परिणाम राष्ट्रपतिसमक्ष बुझाउने लक्ष्य राखेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार