काठमाडौ, २५ माघ । विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नामिवियामा जारी नेपाल र नामिवियाबीचको खेल वर्षाका कारण प्रभावित बनेको छ ।
१ सय ३९ रनको लक्ष्य पाएको नेपालले व्याटिङ गरिरहेको अबस्थामा ४३ ओभरको खेल सकिदा पानी परेपछि खेल रोकिएको हो ।
४३ ओभरको खेल सकिदासम्म नेपालले ८ विकेट गुमाएर १ सय ११ रन बनाएको छ । नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मी क्रिजमा छन् । पानी पर्न रोकिएपछि फेरी खेल शुरु हुनेछ ।