मानव तस्करीकाे अाराेपमा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ

काठमाडौँ । मानव तस्करीको आरोपमा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको आरोप लागेका उनलाइ ठमेलबाट पक्राउ गरिएको हाे ।

केही समय अगाडि दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रमम भाग लिन खड्गीसहितको जम्बो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको प्रहरीको भनाई छ । तर, खड्गी र अर्को एकजना मात्रै नेपाल फर्केको र बाँकी ११ जनालाई उतै बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।

प्रतिव्यक्ति १० देखी १५ लाख रुपैयाँ असुल गरेर रोजगारीका लागि आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा मान्छे पठाएको सूचना प्रहरीले पाएको थियो । त्यहीँ आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोेले उनीमाथि अनुसन्धान शुरु गरेको छ ।

खड्गीसँगै एउटै टोलीमा गएका श्री प्रसाद राना, निमा शेर्पा र कालु लामा लगायतका ११  जना युवा–युवती कोरियामै रहेको प्रहरीको शुरुको अनुसन्धानमा छ ।

करिव ५ सय नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गरेका खड्गीले ६ वटा हिन्दी चलचित्रमा समेत काम गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार