काँग्रेसकाे केन्द्रिय कार्यसमिति बैठक वालुवाटारमा शुरू

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा तीन वटै तहको निर्वाचनको समिक्षा र पार्टीको आगामी रणनीतिका सम्वन्धमा छलफल हुने जनाइएको छ ।

सात वटै प्रदेश र केन्द्र सरकारकारमा पनि प्रमुख प्रतिपक्षिको भुमीकामा रहनेगरि जनमत पाएको कांग्रेसभित्र चुनावी परिणामलाई लिएर नेतृत्वको आलोचना हुँदै आएको छ ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनको परिणम लगत्तै नेताहरुले केन्द्रिय समितिको बैठक बोलाउन माग गर्दै आएका छन् । कतिपयले नेतृत्वले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज समेत उठाएका थिए ।

यी समग्र बिषयमा आजको बैठकमा छलफल हुने नेपाली काँग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बताए । निर्वाचनपछि पार्टीमा केन्द्रीय कार्यसम्पादन र संसदीय समिति विघटन गर्नुपर्ने, संगठन सुदृढीकरणका लागि विभाग गठन र केन्द्रीय समितिलाई पूर्णता, भ्रातृ संस्थालाई पूर्णता एवं प्रभावकारी परिचालनको माग उठिरहेको सन्दर्भमा बैठक बस्न लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार