काठमाडौं, २६ माघ। एमाले प्रदेश ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल निर्वाचित भएका छन् । यससँगै उनलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ ।
संसदीय दलको नेता चुन्न एमालेले शुक्रबार गरेकाे चुनावमा एमाले उपाध्यक्ष समेत रहेकी नेतृ अष्टलक्ष्मी शाक्य र पौडेलले उम्मेदवारी दिएका थिए । दलको चुनावमा ५८ मत खसेकोमा पौडेलले ३४ मत पाए भने शाक्यले २४ मत मात्र पाइन् ।
दलको नेता चयन भएपछि पौडेलले लोकतान्त्रिक पद्धति अनुसार चुनाव भएकाले यसलाई सहज रुपमा लिनु पर्ने बताए । प्रदेश ३ भावी मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले स्थानीय तह र केन्द्र सरकारबीच पुलको रुपमा काम गर्ने बताए ।

554 पटक हेरिएको 

