काठमाडाै, २६ माघ । निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरेको छ । सार्वजनिक परिणामअनुसार एमालेले ४१ सिट हासिल गरेर पहिलो दल बन्न सफल भएको छ ।
त्यस्तै काँग्रेसले ४०, नेकपा माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी, नेपालले ६ र संघीय समाजवादी फोरम, नेपालले ६ सिट प्राप्त गरेको छ ।
आयोगका सचिव पौडेलले निर्वाचनमा ४९ वटा राजनीतिक दलहरुले भाग लिएपनि ५ वटा दल मात्रै राष्ट्रिय पार्टी बन्न सफल भएको जानकारी दिए ।
संविधान अनुसार राष्ट्रिय पार्टी बन्न कम्तिमा ३ प्रतिशत मत ल्याउनु पर्ने हुन्छ । निर्वाचनमा भाग लिएका ४४ वटा दलले कूल मतको ३ प्रतिशत नकटाएकाले राष्ट्रिय पार्टी बन्न नसकेको पनि निर्वाचन आयोगले जनाएकाे छ ।
प्रतिनिधिसभा समानुपातिकतर्फ कूल सदर मत ९५ लाख ४४ हजार ७ सय ७९ रहेको छ । सवैभन्दा बढी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ३१,७३,४९४ (३३.२५ प्रतिशत) मत प्राप्त गरेको छ । सवैभन्दा कम हाम्रो पार्टीले ४२६ मत प्राप्त गरेको छ ।

420 पटक हेरिएको 

