काठमाडाै, २६ माघ । सरकारले राष्ट्रकवि मावधप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको पदवी दिएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले घिमिरेलाई मानार्थ सहायक रथी बनाउने निर्णय गरेको हो ।

त्यस्तै राष्ट्रियसभामा सरकारले सिफारिस गर्ने तीन जनाको नाम टुंग्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई जिम्मेवारी दिने निर्णय समेत गरेकाे छ । प्रधानमन्त्रीले शनिबार बिहानसम्म तीनजनाको नाम राष्ट्रपति कार्यालय पठाउने बैठकपछि सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए ।
बैठकले रामबहादुर बम्जनले तपस्या गरेको पर्साको जंगललाई धार्मिक वन बनाउने निर्णय समेत गरेकाे छ। त्यस्तै बूढीगण्डकी आयोजना निर्माण गर्न राष्ट्रिय योजना आयोगले तयार पारेको लगानी सम्बन्धी प्रतिवेदन पारित गरेकाे हाे ।

531 पटक हेरिएको 

