नामिबियामाथि राेमाञ्चक जित निकालेकाे नेपाल अाेमानसँग ६ विकेटले पराजित

काठमाडौं, २६ माघ । विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएकाे छ । पहिलो खेलमा नामिबियामाथि एक विकेटको जित निकालेको नेपाल शुक्रबार ओमानसँग  भने पराजित भएकाे हाे ।

नेपालले दिएको १३९ रनको सामान्य लक्ष्य ओमानले मात्र ३५.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । २ रन जोड्दा नेपालले पहिलाे विकेट लिएपनि त्यसपछिका ब्याट्सम्यानहरुले सम्हालिएर खेलेपछि अाेमन विजयी बन्याे । अक्युव इलियाससँग ३५ रनको साझेदारी गरेका जितेन्दर सिंहले २४ रनमा आउट भए ।

इलियासले तेस्रो विकेटका लागि वैभव वाठेगो ओन्करसँग ४६ रनको साझेदारी गरे । इलियासको विकेट बसन्त रेग्मीले लिए । उनी ४६ रनमा आउट भएका थिए ।

तर, थप १४ रन जोड्दा खवर अली आउट भए । तर, वैभवले सुल्तान अहमदसँग अविजित ४२ रनको साझेदारी गर्दै ओमानलाई प्रतियोगितामा पहिलो जित जिलाए ।

सन्दिप लामिछानेले २ विकेट लिँदा करण केसी र सोमपाल कामीले एकएक विकेट हात पारेका थिए । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको १० रन हुँदा पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए । दिलिप नाथ र पारस खड्काले दोस्रो विकेटका लागि २८ रनको साझेदारी गरेपनि आरिफ शेख मात्र ६ रन , कप्तान पारस व्यक्तिगत १७ रन, शरद भेषावकर र दिपेन्द्र सिंह ऐरीले पाँचौं विकेटका लागि ३६ रनको साझेदारी गरे ।बसन्त रेग्मी मात्र १ रनमा पभेलियन फर्किए ।

त्यसपछि लगातार विकेट गुमाएको नेपालले ४५.६ ओभरमा सबै विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार