प्रतिनिधिसभा निर्वाचन , ५ फागुनभित्रै अन्तिम परिणाम

काठमाडौं, २ फागुन- निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिक परिणाम ५ फागुनभित्र राष्ट्रपतिलाई बुझाउने तयारी गरेको छ । दलहरूले पाएको मतका आधारमा सिटको संख्या छुट्याएको आयोगले ५ फागुनभित्रै राष्ट्रपतिलाई परिणाम बुझाउने तयारी गरेको हो ।

आयोगका प्रवक्ता नवराज ढकालले आयोगले समानुपातिक प्रणालीतर्फका दलहरूले प्राप्त गरेको सिट सच्याउनका लागि समय दिएर पठाइएको भन्दै ५ फागुनसम्म राष्ट्रपतिसमक्ष समानुपातिक निर्वाचनतर्फको परिणाम बुझाउने जानकारी दिएका हुन् ।

‘आयोगले दलहरूलाई सिटको संख्या तोकेर नाम पठाउन भनिसकेको छ, उहाँहरूबाट नाम पनि आयोगमा प्राप्त भएको छ तर केही दलको नाम मिलाउनुपर्ने भएकाले आयोगले सच्याउन समय दिएर पठाएको छ, सबै प्रक्रिया मिलाएर आयोगले ५ गतेभित्रै राष्ट्रपतिसमक्ष परिणाम बुझाउँछ,’ प्रवक्ता शर्माले  भने ।

प्रतिनिधिसभाको कुल ११० सिटमध्ये नेकपा एमालेले ४१, नेपाली कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी नेपालले ६ र संघीय समाजवादी फोरम नेपालले ६ सिट प्राप्त गरेका छन् ।

एमालेले प्राप्त गरेको ४१ सिटमध्ये ३७ जना महिला सदस्य प्रतिनिधिसभामा सांसद हुनेछन् भने चार जना पुरुष सदस्य निर्वाचित हुनेछन्, राजधानी दैनिकमा खबर छ  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार