बैतडी, २ फागुन । बैतडीमा चट्याङ लागेर नेपाली सेनाका २२ जना घाइते भएका छन् । बैतडीको शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको प्रहरीले जनाएको छ । मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले उनीहरु घाइते भएका हुन ।

प्रहरीका अनुसार घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई काठमाडौँ ल्याउने तयारी भैरहेको छ । गम्भीर घाइते हुनेमा अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङ रहेका छन । सामान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

391 पटक हेरिएको 

