भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो भक्तपुर नगरपालिका-८ च्यामासिंहस्थित निर्माणाधिन घरको भुई तलामा प्लम्बरको काम गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो।

 

सूर्यबिनायक नगरपालिका-६ सूर्यबिनायक बस्ने ३० वर्षीय सरोज त्वयनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारमा क्रममा मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार