वर्षाका कारण रोकिएकाे नेपाल र क्यानडाबीचको खेल शुरू

काठमाडौं–आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत क्यानडाले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याउँदै नेपालले ब्याटिङ गरिरहदा खेल वर्षाले अवरुद्ध बनेको छ। खराब ब्याटिङ गरेको नेपालले ३४ ओभरमा १ सय १५ रन जोड्दा ५ विकेट गुमाएको छ। यो अवस्थामा नेपाल डिएल मेथडमा १० रनले पछाडि छ।

क्रिजमा अहिले रोहित कुमार पौडेल २२ रन र आरिफ शेख १४ रन बनाएर खेलिरहेका छन्।

त्यसअघि ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्का आउट भए। दुवै जना सातौं ओभरको पाँचौ र छैटौं बलमा आउट भएका हुन्। ज्ञानेन्द्र ९ तथा पारस शून्य रनमा डकआउट भए। दुवैको विकेट सेसिल पेर्भेजले लिएका हुन्। दुवै विकेट नेपालले २२ रन जोड्दा गएको थियो।

यस्तै दिलीप नाथ ४१ रन बनाएर आउट भएका छन्। उनले तेस्रो विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ५० रनको साझेदारी गरे। दिलीपले आउट हुनुअघि ६८ बल खेलेर ५ चौका प्रहार गरे। लगत्तै शरद भेषावकर १ रनको झिनो स्कोरमा आउट भए।  दीपेन्द्र सिंह ऐरी पनि आउट ३८ बल खेलेर १८ रनमा आउट भए। उनले १ चौका प्रहार गरे।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार