बढ्यो अमेरिकी डलर, पाउण्ड र अष्ट्रेलियन डलरको भाउ, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच?

मंगलबार अमेरिकी डलरको भाउसँगै पाउण्ड स्टर्लिङ र अष्ट्रेलियन डलरको भाउ बढेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०३ पैसा कायम गरिएको छ।

 

सोमबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८६ पैसा थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा १७ पैसा बढेको हो।

त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १६८ रुपैयाँ १७ पैसा र बिक्रीमा १६८ रुपैयाँ ९३ पैसा पाइन्छ।

 

सोमबार पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ९२ पैसा र बिक्रीमा १६८ रुपैयाँ ६८ पैसा तोकिएको थियो।
यस्तै, मंगलबार अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ।

आज अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रुपैयाँ ०५ पैसा र बिक्रीमा ८६ रुपैयाँ ४४ पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर अघिल्लो दिनको तुलनामा ९ पैसा बढेको हो।

 

त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ५० पैसा र बिक्रीमा ९८ रुपैयाँ ९४ पैसा पाइन्छ।

 

युरोपियन युरो एकको खरिददर आज १४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५९ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५२ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ३० पैसा र बिक्रीदर ३५ रुपैयाँ ४६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०५ पैसा र बिक्रीमा ३६ रुपैयाँ २२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रुपैयाँ ६८ पैसा र बिक्रीमा २८ रुपैयाँ ८१ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ ४८ पैसा र बिक्रीमा ४३२ रुपैयाँ ४४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ८८ पैसा तोकिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार