काठमाडौं– आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा नेपालले क्यानडालाई पराजित गर्दै अन्तिम २ मा स्थान पक्का गरेको छ। नेपालले क्यानडालाई १ विकेटले पराजित गरेको हो।
जितसँगै नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ। नेपालको जितमा करण केसी हिरो भए। उनले नटआउट ४२ रन जोडे। करण केसीले ३१ बल खेल्दा ३ चौका र ४ छक्का प्रहार गरे। सन्दीप लामिछानेले नटआउट ५ रन जोडे।
क्यनडाले दिएको १ सय ९५ रनको लक्ष्य नेपालले अन्तिम बलमा पूरा गरेको हो। करणले दशौं विकेटका लागि सन्दीप लामिछानेसँग नटआउट ५१ रनको साझेदारी गरे।

508 पटक हेरिएको 

