काठमाडौँ, ४ फागुन । महाशिवरात्रिको अवसर पारेर पशुपतिनाथ दर्शनमा आउने चार हजार साधुसन्तलाई दक्षिणासहित बिदाई गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले १५१ देखि पाँच हजार १ सय रूपैयासम्म र गुठी संस्थानले ३५१ देखि एक हजार ७५१ रूपैयाँसम्म दक्षिणा दिई शिवरात्रि मेला भर्न आएका साधुसन्तलाई बिदाई गरेको हो ।
संस्थानले सन्तलाई सात श्रेणीमा विभाजन गरेको थियो । दक्षिणाबापत रु १५ लाख वितरण गरिसकिएको संस्थानले जनाएकाे छ । बाँकी केही साधुलाई शनिबार दक्षिणासहित बिदाई गर्ने तयारी गरिएको छ । बाँकी साधुलाई एक लाख रूपैयाँसम्म दक्षिणास्वरुप दिनुपर्ने संस्थानकाे दाबी छ ।

364 पटक हेरिएको 

