अफगान सेनाको कारबाहीमा ७० तालिबान लडाकु मारिए

एजेन्सी, ५ माघ । अफगानिस्तानको हवाई सेनाले बिहीबारदेखि जारी राखेको कारबाहीमा परी कम्तीमा पनि ७० जना तालिबान मारिएका छन्।

दक्षिणी अफगानिस्तानको उरुज्गान प्रान्तमा गएको बिहीबार साँझदेखि अफगानिस्तानको सेनाको नेतृत्वमा भएको सो कारबाहीमा परी ७० जना तालिबान सशस्त्र लडाकु मारिएका र त्यस अरु १५ जना घाइते भएका छन्।

घाइते भएका ती लडाकुहरुलाई हातहतियारसहित नियन्त्रणमा लिइएको जनाइएको छ।

अफगानिस्तानको सेनाका प्रवक्ता खजवा यायाले शनिबार बिहानसम्म ७० जना तालिबान मारिएको पुष्टि गरे। यस क्रममा तालिबान आतंककारीहरु लुकेर बस्ने गरेका कम्तीमा १२ वटा आश्रयस्थल पनि ध्वस्त बनाइएको समाचारमा जनाइएको छ। त्यस क्रममा ती आश्रयस्थलमा रहेका केही हतियारहरु पनि ध्वस्त भएका अफगान सेनाका प्रवक्ता यायाले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार