काठमाडौ, ६ फागुन । पार्टी एकताबारे छलफल गर्न एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको ‘वान टू वान’ वार्ता विना निस्कर्ष टुंगिएको छ ।
पार्टी एकताका बारेमा सहमति हुन नसकेपछि माओवादी केन्द्र तत्काल सरकारमा नजाने भएको छ । दुर्इ अध्यक्षबीच अाजकाे बैठकमा सहमति नभएपनि थप छलफल गर्दै निस्कर्षमा पुग्ने सहमति भने भएको छ ।
यसअघि ललितपुरमा ठेकेदार शारदाप्रसाद अधिकारीको निवासमा बस्दै आएको गोप्य बैठकको ‘लोकेशन’ यसपटक फेरिएको छ ।
निर्णायक भनिएको वार्ता सानो ठिमीस्थित मेडिकल कलेका सञ्चालक दुर्गा प्रसाईंको घरमा बसेको हो । झापा विर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेका सञ्चालक प्रसाईं माओवादी निकटका व्यवसायी हुन् ।

928 पटक हेरिएको 

