राष्ट्रपतिद्वारा फागुन २१ गतेका लागि संसद अधिवेशन आह्वान

काठमाडौं–  राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान  गरेकी छिन् ।

भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम फागुन २१ गते सोमबारका  लागि बैठक आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कूल प्रसाद चूडालका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा दिउँसो  ४ बजे बैठक बस्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार