विश्वकप छनाैटमा पुग्न सफल क्रिकेट टाेलीका सदस्यलाइ जनही ३ लाख दिने प्रधानमन्त्री अाेलीकाे घाेषणा

काठमाडाै, ७ फागुन । विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले ३/३ लाख रुपैयाँ दिने भएको छ । साथै यसमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले एक-एक लाख रुपैयाँ थप्ने भएको छ ।

क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही ३/३ लाख दिने बताए ।

यस्तै मदन भण्डारी स्पोट्र्स एकेडेमीका विनोद श्रेष्ठले सरकारले दिएको रकममा एकेडेमीले एकएक लाख थप गर्ने घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार