काठमाडौं– वाम एकताको बैठक चलिरहेको स्थान वालुवाटार पुगेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव केहीबेर सहभागी भएर बाहिरिएका छन् । सरकार विस्तारमा सहभागी हुने विषयलाई लिएर यादव बालुवाटार पुगेको उनी निकट स्रोतले बतायो।
मधेसवादी दललाई सरकारमा सहभागी गराउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि यादवसँग छलफल गरिरहेका थिए। मधेसवादी दलले संविधान संशोधनको मुद्दामा प्रधानमन्त्री ओली सकारात्मक भए अाफुहरू सरकारमा सहभागी हुने बताउँदै अाएका छन्।

462 पटक हेरिएको 

