महान्यायाधिवक्तामा अग्नि खरेल नियुक्त

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले अग्नि खरेललाई महान्यायाधिवक्ता नियुक्त गरेकी छन्। प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति भण्डारीले संविधानको धारा १५७ को उपधारा (२) बमोजिम खरेललाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पूर्व सांसद खरेललाई महान्यायाधिवक्तामा सिफारिस गर्ने निर्णय गरेको थियो।

खरेल पहिलो र दोस्रो संविधानसभामा एमालेका तर्फबाट मनोनीत सांसद थिए। संविधान निर्माणमा भूमिका खेलेका खरेल एमालेको कानुन विभागमा रहेर लामो समयदेखि काम गर्दै आएका वरिष्ठ अधिवक्ता हुन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार