एक वर्षमा काठमाडाैँलाइ धुलाेमुक्त बनाउने वातावरणमन्त्री पण्डितकाे दाबी

काठमाडौँ, ८ फागुन । जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले सबैको साथ र सहयोग रहेमा एक वर्षभित्र राजधानीलाई मास्कमुक्त गराउने प्रतिबद्धता जनाएका छन् ।

स्वच्छ ऊर्जा नेपालको प्रतिनिधिमण्डलकाे ज्ञापनपत्र बुझ्दै उनले काठमाडौँलाई मास्कमुक्त बनाउने प्रतिबद्धताको व्यक्त गरेका हुन् ।मन्त्री पण्डितले विद्युतीय सवारीकोे प्रोत्साहन गर्न र प्लाष्टिकजन्य पदार्थको उत्पादन तथा आयातलाई प्रतिबन्ध लगाउँदै प्रयोगलाई निरुत्साहित गर्न पहल गर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार