काठमाडाैं । केन्द्र सरकारमा कुन कुन मन्त्रालय र कतिजना मन्त्री राख्ने भन्ने कुरा नटुङ्गिएपछि मन्त्री मण्डल विस्तारको कार्यक्रम स्थगित भएको छ ।
एमाले–माओवादी केन्द्रले पाउने मन्त्रालयको टुङ्गो लगाउन प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विहान वार्ता भएको थियो । आजै बाँडफाँट टुङ्ग्याएर मन्त्री मण्डल विस्तार गर्ने र साँझसम्म नयाँ मन्त्रीहरुको शपथग्रण गराउने योजनामा रहेपनि मन्त्रालयकाे भागबण्डा नमिलेका कारण स्थगित भएकाे हाे ।
मन्त्रालय बाँडफाँटका लागि भएको वार्तामा कतिवटा मन्त्रालय बनाउने भन्ने कुरा उठ्यो र मन्त्रालय निर्धारणमा समय लाग्ने भएपछि बैठक बाँडफाँटमा प्रवेश गर्नै नसकेकाे एकजना माअाेवादी नेताले जनाएका छन् ।

384 पटक हेरिएको 

