डा. गोविन्द केसीले अाफ्नो नागरिकता सार्वजनिक गरे

काठमाडौं । डा. गोविन्द केसीले आफ्नो नागरिकता सार्वजनिक गरेका छन् । आफ्नो नागरिकता र शैक्षिक प्रमाणपत्रमा प्रश्न उठेपछि डा. केसीले बुधबार त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरी आफ्नो नागरिकता सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा डा. केसीले आफूले सुरुमा लिएको नागरिकताको प्रमाणपत्र नेपाली कागजमा भएको र पट्टयाएर राख्दा बिग्रेकाले प्रतिलिपी निकालेको उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै डा. केसी प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउनुपर्ने बताएका छन् । पराजुलीलार्इ जवाफदेहि बनाउने उनले उदघोष गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार