पर्यटन बोर्डका पूर्वसिइओ निरौलालाई ७ वर्ष कैदकाे फैसला

काठमाडौं- नेपाल पर्यटन बोर्डको भ्रष्टाचार प्रकरणमा विशेष अदालतले बोर्डका पूर्व प्रमुख कार्यकारी निर्देशक सुवास निरौला, लेखा शाखा प्रमुख अनिलकुमार दास र वर्ल्ड वाइड ट्राभलका महेन्द्र खनाललाई दोषी ठहर गरेको छ।

दोषी ठहर गर्दै विशेष अदालतले निरौलालाई ७ वर्ष कैदसँगै ८० लाख ५१ हजार ३ सय बिगो र ५४ लाख ५९ हजार ७ सय जरिवाना, दासलाई ६ वर्ष कैदसँगै ५० लाख २९ हजार ५४ हजार बिगो तथा २४ लाख ३७ हजार ४ सय जरिवार र खनाललाई एक लाख ५४ हजार बिगो तिराउने फैसला गरेको हो।

२३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकोमा २० जनालाई भने विशेषले सफाइ दिएको छ। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशहरु द्वारिकानाथ जोशी र नारायणप्रसाद पोखरेलको इजलासले यस्तो फैसला सुनाएको हो ।

पर्यटन बोर्डमा करिब एक अर्ब भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ चैत २० गते मुद्दा दायर गरेको थियो। नेपाल पर्यटन बोर्डका पदाधिकारी र कर्मचारीहरुले एक अर्ब ३९ करोड ५० लाख ५३ हजार ७ सय ५० रुपैँयाँ  नोक्सान पुर्याएको अख्तियारको आरोप थियो।

अख्तियारले प्रमुख कार्यकारी निर्देशक सुवास निरौलासहित बोर्डमा भएको भ्रष्टाचारमा संलग्न २३ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार