एमाले–माओवादी मन्त्रालय भागबन्डा मिल्यो

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डा गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगो लगाएको हो ।

जसमध्ये एमालेले १० मन्त्रालय र माओवादीले ७ मन्त्रालय पाउने गरि भागबन्डा गरिएको छ ।

एमालेको भागमा परेका मन्त्रालयहरु

  • अर्थ तथा योजना
  • परराष्ट्र
  • रक्षा
  • भौतिक पूर्वाधार तथा यातायात
  • संघीय मामिला तथा सामान्य प्रशासन
  • सूचना सञ्चार
  • कानुन, न्याय तथा संसदीय मामिला
  • पर्यटन
  • शिक्षा तथा खेलकुद
  • स्वास्थ्य तथा जनसंख्या

माओवादीको भागमा परेका मन्त्रालयहरु

  • गृह
  • जलस्रोत तथा ऊर्जा
  • उद्योग, वाणिज्य तथा आपूर्ति
  • शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
  • वन तथा वातावरण
  • कृषि, सहकारी तथा भूमि व्यवस्थापन
  • श्रम तथा रोजगार तथा महिला बालवालिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार