दैलेख । दैलेख बजारबाट महाबु गाउँपालिकाको गैडावाजका लागि छुटेको बोलेरो जीप महाबु ४ ओखलढुंगामा दुर्घटना भएको छ ।
लु १ ज ३५३२ नम्बरको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सरोज पौडेलले जानकारी दिएका छन् । अन्य तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा महाबु-४ की २२ वर्षकी निर्मला पाण्डे, महाबु-५ का ३५ वर्षका श्रम शाही, महाबु-४ कै २९ वर्षकी निर्मला शाही र पूरा ठेगाना र उमेर नखुलेका सुर्खेतका तिलक ढकालकाे मृत्यु भएकाे डीएसपी पौडेलले जानकारी दिएका छन ।

418 पटक हेरिएको 

