माअोवादी बादल नेतृत्वमा सरकारमा जाने

काठमाडौं- माओवादी केन्द्रबाट रामबहादुर थापा बादलले नयाँ सरकारमा नेतृत्व गर्ने टुङ्गो लागेको छ। माओवादीको तीन शीर्ष नेताको बिहान बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा बादलले नेतृत्व गर्ने विषय पक्का गरेको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ललितपुर खुमलटारस्थित निवासमा बिहान नेता नारायणकाजी श्रेष्ठ र बादलसहित बसेको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम समेत छनोट गरेकाे छ।

माओवादीबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नेता रामबहादुर थापा, बर्षमान पुन, गिरिराजमणी पोखरेल, शक्तिबहादुर बस्नेत, मात्रिका यादव, बिना मगर र अमनलाल मोदीको मन्त्री हुनेछन । यी मध्ये मगर र मोदी पहिलो पटक मन्त्री हुँदैछन् भने अन्य पाँच जना पहिला मन्त्री भइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार