काठमाडौं । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट पक्राउका लागि वारेन्ट जारी गरिएका कैलालीका निर्वाचित सांसद रेशम चौधरीले सपथको करिब एक साताअघि आज अदालतसमक्ष आत्मसमर्पण गरेका छन्।
यसअघि सर्वोच्च अदालतबाट रिटमार्फत आदेश ल्याउँदै विजयी प्रमाणपत्र लिएर सपथमा उपस्थित हुने प्रयास गरे पनि असफल भएपछि चौधरीले आज जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका हुन्।

369 पटक हेरिएको 

