प्रचण्डले अोलीलार्इ बुझाए सरकारमा सहभागी हुने मन्त्रीको नाम

काठमाडौ। प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री बन्ने भएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अाज प्रधानमन्त्री ओलीलाई मन्त्रीको नामावली बुझाएका छन् ।

बादलको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने र उनले गृह मन्त्रालय सम्हाल्ने प्रचण्डले ओलीलाई जानकारी गराएको स्रोतकाे दावी छ ।

अन्य मन्त्रीहरूमा मात्रीका यादब- उधोग, बाणिज्य, आपुर्ती,  गिरिराजमणी पोखरेल- कृषि, पशु ,  शक्ति बस्नेत- सहरी बिकास, खानेपानी,  अमनलाल मोदी- बन तथा वातावरण,  बिना मगर- महिला, श्रम तथा रोजगार रहेका छन् ।

। यसअघि गृहमन्त्रीमा वर्षमान पुनले पनि दावी गरेका थिए । बादल माओवादीमा तेस्रो वरियताका नेता हुन् । पहिलो सरकारमा रक्षामन्त्री थिए । माओवादीबाट सात जना मन्त्रीहरु सहभागी हुनेछन् । उनीहरुको आजै सपथग्रहण गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार